INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफतार

चौरजहारी नगरपालिका–२ का ४० वर्षीय मधु कुमालको टाउकोमा चिर्पटले हानेर हत्या गरेको आरोपमा पत्नी ३२ वर्षीया दिपा कुमाललाई प्रहरीले ०८१ मङ्सिर ३ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका कारण पतिलाई कुमालले मङ्सिर ३ गते राति चिर्पटले हानेर हत्या गरेको भन्दै पीडित पक्षले मङ्सिर ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवराज पोख्रेलले इन्सेकलाई जानकारी दिनुभयो ।

शवको पोष्टमार्टम मङ्सिर ३ गते जिल्ला अस्पतालमा गरी परिवारले सोही दिन शव बुझेको छ ।

अन्य

भिडियो