११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा निजगढ नगरपालिका–१३ पानीसरा टोलबाट जिल्ला मकवानपुरको बकैया गाँउपालिका-२ तामाङ्ग टोलका ४१ वर्षीय लालकुमार घलानलाई इलाका प्रहरी कार्यालय निजगढले ०८१ मङ्सिर २ गते गिरफ्तार गरेको छ ।
आरोपितले मङ्सिर २ गते खाने सामान किनेर दिने बहानामा नजिकैको जंगलमा लगेर बलात्कार गरेको पीडितले बताउनु भयो ।
आरोपितविरुद्ध पीडित परिवारले मङ्सिर २ गते इलाका प्रहरी कार्यालय निजगढमा उजुरी दिनुभयो ।
घटना बारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय निजगढका डिएसपी प्रकाश सापकोटाले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ३ गते प्रादेशिक अस्पताल कलैयामा भएको मेडिकल सुपरिटण्डेन्ट डा.सुनिल कुशवाहाले बताउनु भयो ।