INSEC Online

📅 २०८३ जेष्ठ २१

पुल निर्माण कार्य अलपत्र, स्थानीयलाई सास्ती

सातनाली–मेल्लेक–बझाङ सडकलाई केआइसिंह राजमार्गसँग जोड्न जिल्लाको शिखर नगरपालिका–१० बान्डुंग्रीसैनको सेती नदीमा पुल निर्माण कार्य अलपत्र भएपछि शिखर नगरपालिका वडा नम्बर ११ र आदर्श गाउँपालिकाका स्थानीयले सास्ती भोग्नुपरेको छ ।

०७१ सालमा सुरु गरिएको पुल निर्माण कार्य अलपत्र भएपछि स्थानीयहरुले आधारभूत अधिकारहरुको उपभोग गर्न समेत सास्ती खेप्नुपरेको हो । नदीमा पुल निर्माण कार्य सम्पन्न हुन नसकेपछि स्थानीयहरुले आवातजावत तथा स्वास्थ्य उपचार गर्न नै घण्टौँ हिड्नु पर्ने बाध्यता छ ।

शिखर नगरपालिक वढा नम्बर ११ का स्थानीयहरु अहिले पनि सडक सञ्जालसँग जोडिन नसक्दा अतिदुर्गम वडाका रुपमा रहको र  शिक्षा, स्वास्थ्य, व्यापारव्यवसाय तथा रोजगारका अवसरबाट वञ्चित हुनुपरेको स्थानीय रामहरी ओझाले गुनासो गर्नु भयो ।

बान्डुंग्रीसैनको सेती नदीमा पुल निर्माण कार्य अलपत्र भएपछि शिक्षा, स्वास्थ्य, कृर्षि र पुर्वाधार निर्माण लगायतमा सेवासुविधाबाट स्थानीयहरु वञ्चित हुनपरेको ओझाको भनाइ छ ।

नदीमा पुल निर्माण हुन नसक्दा यातायताका साधानहरु सञ्चालनमा आउन नसकेकोलो स्वास्थ्यमा समस्या आउँदा सामान्य चेकजाँचका लागि नजिकैको बानेडुंग्रीसैन स्वास्थ्यचौकी पुग्न समेत घन्टौँ हिडेर जानु पर्ने बाध्यता रहेको स्थानीय ज्येष्ठ नागरिक भगी बलायरले दुखेसो पोख्नु भयो । । नदीमा पुल निर्माण भएको भए गर्भवति, सुत्केरी, असक्त र ज्येष्ठ नागरिकहरुले सहज रुपमा स्वास्थ्य संस्थामा पुगेर उपचार गर्न सकिने उहाँको भनाइ छ ।

नदीमा पुल निर्माणको कार्य हुन नसकेको कारण दैनिक उपभोग्य सामान खरिद गर्न र स्थानीय गाउँमा उत्पादन गरिएका कृर्षि उपज बस्तुहरु बजारसम्म पु–याउन नै घन्टौँ समय बिताउनु परेका कारण बालबालिकाहरुलाई समयमै विद्यालय पठाउन समेत समस्या हुनेगरेको पुग्न असहज भएको स्थानीय मैना बलायरले गुनासो गर्नु भयो ।

हिउदको समयमा नदीको पानी केही कम हुनेभएकोले बालबालिकाहरु मुस्कीलले विद्यालय जानेआउने गरेका भए पनि वर्षाको समयमा विद्यालय जान नसक्दा बालबालिकाहरुको पठनपठान समेत प्रभावित हुनेगरेको उहाँको भनाइ छ ।

०७१ असार २९ गते डडेल्धुराको पुष्प–राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता भएको र निर्माण कार्या सुरु गरिएको वर्षौ बितिसक्दा पनि पुल नबन्दा स्थानीयहरुले सास्ती खेप्नुपरेकोले पुल निर्माण कार्यर्ला निरन्तरता दिनका लागि पहल भइरहेको सडक डिभिजन कार्यालय, डोटीले जनाएको छ ।

पुल निर्माण कार्य अलपत्र हुँदा ज्येष्ठ नागरिक, गर्भवति, सुत्केरी र असक्त व्यक्तिहरुको तत्काल उपचार गर्न एम्बुलेन्स सेवा समेत पाउन नसक्दा समस्या उत्पन्न भएको र वर्षायाममा बालबालिकाहरुको पठनपाठन समेत प्रभावित हुनेगरेको वडा अध्यक्ष कर्णबहादुर विष्टले बताउनु भयो ।

पुल निर्माण कार्यलाई निरन्तरता दिनका लागि गाउँपालिका तथा सम्बन्धित निकायहरुसँग समन्वय गरी पहल भइरहेको समेत उहाँले बताउनु भयो ।

photo20241119doti

अन्य

भिडियो