स्थानीय तहको मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय ठाकुरबाबा नगरपालिका-४ को वडा कार्यालयमा ०८१ कात्तिक ३० गते स्थापना भएको छ ।

त्यसैगरी मङ्सिर १६ गते हुने निर्वाचनमा अध्यक्ष पदको लागि ६ जनाको उम्मेदवारी परेको छ । साँझ ५ बजेसम्म समय तोकिएकोले उम्मेदवारी दर्ता खुला राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईंले बताउनु भयो ।
ठाकुरबाबा नगरपालिका-४ को अध्यक्ष पदका लागि नेकपा एमाले बिष्णुप्रसाद देवकोटा, नेपाली कांग्रेसका अमिन थारू, नेकपा माओवादी केन्द्रका शेरबहादुर थारू, राष्ट्रिय स्वतन्त्र पार्टीका बासुदेब शर्मा, नागरिक उन्मुक्ति पार्टीका प्रीतिलाल थारू र राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्नबहादुर बहादुर शाहीको उम्मेदवारी दर्ता भएको छ ।
जिल्ला निर्वाचन कार्यालय बर्दियाका प्रमुख लाल बहादुर मल्ल्ले वडामा ३ हजार ५ सय १० जना मतदाता रहेका बताउनु भयो । जसमध्ये महिला १ हजार ८ सय ३९ जना र पुरूष १ हजार ६ सय ७१ जना रहेको छन् । निर्वाचनमा दुई मतदान केन्द्र र पाँच मतदान स्थल रहका छन् ।