INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा ६ महिना कैद सजाय

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गिरफ्तारीमा परेका १४ वर्षीय बालकलाई जिल्ला अदालत बागलुङले ६ महिना कैद सजाय निर्धारण गरेको छ ।

न्यायाधीश रमेशकान्त अधिकारीको ०८१ कात्तिक २६ गतेको अन्तिम आदेशले आभियोग दावी पुग्ने भन्दै ६ महिना कैद सजायसँगै पीडितलाई २० हजार रुपियाँ क्षतिपूर्ति भराउने आदेश भएको छ ।

अदालतबाट अभियोग दावी पुग्ने भन्दै सजाय निर्धारण भएको भएपनि हाललाई सजाय स्थगन गर्दै बाल सुधार गृह सराङ्कोट पोखरा पठाइएको छ ।

पीडित बालिकालाई बालकले ०८१ असार २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार २५ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा लिखित उजुरी दिएको थियो ।

मौखिक उजुरीका आधारमा असार २४ गते गिरफ्तारीमा परेका बालकविरुद्ध ०८१ साउन ११ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता भएको थियो । न्यायाधीश रमेशकान्त अधिकारीको साउन १४ गतेको आदेशले आरोपितलाई संरक्षकको जिम्मा लगाइएको थियो ।

अन्य

भिडियो