अपिहिमाल गाउँपालिकाले आर्थिक अवस्था नयदीय भएका र स्वास्थ्यमा पहुँच नभएका आँखामा समस्या भएका बृद्धबृद्धाहरुका लागि आँखा शिविर सञ्चालन गरी आँखाको शल्यक्रिया गरी दिएपछि बृद्धबृद्धाहरु खुःसीभएका छन् ।
अपिहिमाल गाउँपालिका–२ का ७० वर्षीय गोपालसिह कार्कीको आँखामा समस्या आएको पाँच वर्ष बढि भएको थियो । आँखाका कारण आवतजावतमै समस्या भोग्दै आएका उहाँको पछिल्लो समय एक आँखाले देख्नै छोड्यो । आँखामा देखिएको समस्याका कारण उहाँले काम गर्न समेत नसक्ने अवस्थामा पुग्नुभयो । एकल पुरुष समेत रहेका कार्कीको हातमुख जोर्न समेत समस्या हुने अवस्था आएपछि मनोबल पनि कमजोर हुँदै गएको थियो ।

बाहिर गएर आँखाको उपचार गराउन पनि पैसा थिएन् । एक्लो मान्छेलाई उपचार गर्न पनि कसले लिने ? तर, गत वर्ष अपिहिमाल गाउँपालिकाले निःशुल्क आँखा चेकजाँच शिविर तथा चस्मा वितरण कार्यक्रम ग¥यो । गाउँपालिकामै विशेषज्ञ बोलाएर गाउँपालिकाभरीका मान्छेको आँखा चेकजाँच ग¥यो । मोतिया विन्दु भएर शल्यक्रिया गर्नुपर्ने बिरामी छनौट ग¥यो । उहाँ पनि त्यहि शिविरबाट शल्यक्रिया छनोटमा पर्नुभयो ।
यो वर्ष गत वर्ष मोतिया बिन्दु देखिएका गरिब, असहाय र बाहिर गएर आँखाको शल्यक्रिया गर्न नसकेकाहरुको लागि गाउँपालिकामै दुई दिने आँखा शिविर सञ्चालन गरेपछि आँखाको शैल्यक्रिया भयो । अहिले गोपालको आँखा खुलेको छ । अहिले गाउँमै बीना पैसा आँखा खुलेपछि उहाँले भन्नुभयो, यस्तो पो स्थानीय सरकार ! गरिबको सहारा बनिदिएको उहाँले खुसी हुँदै धन्यवाद दिनु भयो ।

म एक्लो मान्छे, बुढेसकाल त्यत्तिकै पनि पट्यारिलो हुन्छ । त्योमाथि एक्लो मान्छे बाहिरभित्र जान पनि समस्या भएको अवस्थामा स्थानीय सरकारले निःशुल्क रुपमा आँखा खोलिदिएपछि उहाँ खुसी हुनुभएको छ ।
अपिहिमाल गाउँपालिका–३ का ८३ वर्षीया मानमति मन्याल पनि चार वर्षयता मोतियाविन्दु भएर दुवै आँखा नदेख्ने हुनु भएको थियो । बाहिरभित्र गर्न परिवारको सहारा चाहिने । कहिले त मरे पनि ठिक हुन्थ्यो जस्तो लाग्थ्यो मानमतिले भन्नुभयो, दिसापिसाब गर्न पनि परिवार चाहिने भएपछि बाँचेर के काम ?’ तर, अहिले भगवान गाउँमै पुगेपछि आँखा खुल्यो । दोस्रोपटक संसार देख्न पाएको महशुस भएको छ, निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिदिएर आँखाको ज्योति पाएकोमा धन्यवाद नभनि कसरी बस्नु उहाँले सुनाउनु भयो ।
अपिहिमाल गाउँपालिका–४ का ८५ वर्षीय धनबीर रोकायाले लामो समयदेखि आँखा नदेख्दा समस्या भोग्दै आउनुभएको थियो । धनगढीसम्म पु¥याएर शल्यक्रिया गर्न पनि बुढेसकालमै उस्तै अवस्था थियो, बुहारी लालु रोकायाले भन्नुभयो, यो पटक स्थानीय सरकारले गाउँमै आँखा शल्यक्रिया शिविर चलाएपछि राहत भयो । अहिले आँखा खुलेपछि रोकाया खुसी छन् । यतिको काम स्थानीय सरकारले गरे सबैलाई सहयोग पुग्ने भन्दै मनबाटै स्थानीय सरकारको जयजयकार गर्नु भयो ।

उहाँहरु प्रतिनिधि पात्र मात्र हुन् । अहिलेसम्म जिल्लामै पहिलो पटक अपिहिमाल गाउँपालिकाले मात्रै निःशुल्क आँखा शल्यक्रियाको लागि शिविरको आयोजना गरेको हो । जसबाट गाउँपालिकाभरिका पाँच महिला र १५ जना पुरुषको आँखाको निःशुल्क शल्यक्रिया भएको गाउँपालिका स्वास्थ्य संयोजक राजेन्द्रसिह धामीले जानकारी दिनु भयो ।
गत वर्ष झण्डै ३ सय जनाको निःशुल्क आँखा जाँच गरेर चस्मा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष भगतसिह ठेकरे बोहराले बताउनु भयो । यो वर्ष गाउँपालिकाको आयोजना तथा भिजन टुगेदर नेपाल रोज च्यारिटी दृष्टि आइ फाउण्डेशनको प्रायोजनामा ०८१ कात्तिक २ र ३ गते शिविर सम्पन्न भएको हो ।
जिल्लामा आँखा शल्यक्रियाको लागि अस्पताल छैन् । सुदूरपश्चिमको गेटा आँखा अस्पतालको सहकार्यमा शिविर सदरमुकाम खलंगामा लागे पनि दुर्गम क्षेत्रका नागरिक सेवाबाट वञ्चित हुँदै आएका थिए । गाउँपालिका अध्यक्ष बोहराका अनुसार दुर्गमका नागरिकको लागि अहिले भिजन टुगेदर नेपाललाई ट्रेक एण्ड ट्रिट आइ क्याम्पमा जोडिएको छ । गाउँपालिकाले शिविरमा आउने टिमलाई निःशुल्क गाँस, बास तथा अपिहिमाल वेश क्याम्पसम्म भ्रमण गराउने र त्यो बापत उहाँहरुले आँखाको शल्यक्रिया र उपचार गर्नमा सहकार्य गरिएको अध्यक्ष बोहराले बताउनु भयो ।

उहाँले भन्नुभयो–‘ स्थानीय सरकारले आफ्नै लगानिमा सबै काम गर्न सकिने अवस्था नभएपछि विशेषज्ञ सहितको शिविरहरूमार्फत निःशुल्क उपचार, औषधी र उपकरणहरूको सहयोग गर्ने गरिएको छ । जसको कारण आर्थिक अवस्था कमजोर भएर लामो समय उपचार नगरेरै घरमा बसेकाहरूले स्वास्थ्य उपचार पाउनु भएको छ ।’
संविधानको धारा ३५ को उपधारा १ मा हरेक नागरकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन् भनिएको छ । मौलिक हकको कार्यान्वयनलाई प्रभावकारी बनाउन आफूहरुले यस प्रकारका कार्यहरु गर्दै आएको गाउँपालिकाका अध्यक्ष बोहराले बताउनु भयो ।
