१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नीलकण्ठ नगरपालिका-६ का २२ वर्षीय निराजन थापामगरविरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा कात्तिक ४ गते उजुरी दर्ता भएको छ ।
पीडित बालिकालाई आरोपितले धादिङबेसीको होटलमा असोज ३० गतेदेखि कात्तिक १ गतेसम्म बलात्कार गरेको भन्दै मौखिक उजुरी परेपछि आरोपितलाई कात्तिक १ गते नै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रल्हाद सिलवालले जानकारी दिनु भयो । पीडित पक्षले कात्तिक २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १ गते धादिङ अस्पतालमा गरिएको छ ।