INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार

अमरगढी नगरपालिका–७ पोखराकी १४ वर्षीया बालिका आरती भट्टराईलाई ०८१ असोज २५ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५८ वर्षीय टेक भण्डारीलाई असोज २६ गते गिरफ्तार गरेको छ ।

बालिकाको बलात्कार गरी हत्या गरिएकोले आरोपित विरुद्ध प्रहरीका जाहेरी दिएको पीडितकी आमा रत्ना भट्टराईले बताउनु भयो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको र शवको पोष्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका डिएसपी सुगन्ध श्रेष्ठले बताउनु भयो ।

मिलमा गएकी बालिका भट्टराईको शव प्लास्टीकको बोरामा बेरेर फालेको अवस्थामा फेला परेको र घटनास्थानबाट २० मिटर पूर्वतर्फ नालामा बालिकाले प्रयोग गरेको म.१.प.१४५४ नम्बरको मोटरसाइकल फेला परेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका डिएसपी श्रेष्ठले बताउनु भयो ।

मृतक बालिकाका परिवार तथा आफन्तहरुले दोषीलाई कारबाहीको माग राख्दै भीमदत्त राजमार्ग अन्तर्गत पोखरा बजारमा असोज २६ गतेदेखि निरन्तर रुपमा नाराजुलुस सहित आन्दोलन गरिरहेका छन् ।

अन्य

भिडियो