इन्सेक क्षेत्रीय कार्यालय धनगढीको आयोजनमा कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा स्थानीय तहको अधिकार र जनप्रतिनिधिहरूको कर्तव्य विषयक दुई दिने कार्यशाला गोष्ठी कात्तिक २२ गते सम्पन्न भएको छ ।

मानव अधिकारमैत्री विकास निर्माणमा स्थानीय जनप्रतिनिधिहरू भुमिकाको बारेमा जानकारी गराउने उद्धेश्यले आयोजना गरिएको कार्यशाला गोष्ठीमा स्थानीय तहको अधिकार र जनप्रतिनिधिहरूको कर्तव्य, मानव अधिकार र स्थानीय तहलगायतका विषयमा छलफल भएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समिति सदस्य, नगरपालिकाका प्रमुख, उपप्रमुखहरू, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षको सहभागिता रहेको थियो ।
कात्तिक २१ र २२ गते सञ्चालित कार्यशाला गोष्ठीमा प्रा.डा.हेमराज पन्त, अधिवक्ता टिकाध्वज खडका र इन्सेक क्षेत्रीय कार्यालय धनगढीका संयोजक खडकराज जोशीले सहजीकरण गरेका थिए ।
कार्याशाला गोष्ठीमा उपस्थित सम्पुर्ण जनप्रतिनिधिहरूलाई मानव अधिकार र समावेशी विकासका बारेमा जानकारी गराएर इन्सेक कञ्चनपुरले जनप्रतिनिधिहरूलाई नागरिकहरूप्रति अझ बढी जिम्मेवार हुनका लागि सचेत गराएको जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङले बताए ।