३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले आरुघाट गाउँपालिका–१ का २३ वर्षीय विनोद बिकलाई असोज ७ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले गत जेठ १३ गतेदेखि पटकपटक र भदौ २ गते अन्तिम पटक बलात्कार गरेको भन्दै पीडितले असोज ६ गते दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
पीडित महिलाको स्वास्थ्य परीक्षण असोज ७ गते गोरखा अस्पतालमा गरिएको छ ।