३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा हरिपुर नगरपालिका-४ का ३६ वर्षीय नविन थापालाई ०८१ असोज ६ गते इलाका प्रहरी कार्यालय हरिपुरले गिरफ्तार गरेको छ ।
आरोपितले पीडितलाई ०८१ जेठ १४ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध असार १२ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण असार १४ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भएको थियो ।
आरोपित थापालाई ०८१ असोज ६ गते गिरफ्तार गरी असोज ७ गते जिल्ला अदालतबाट एक साताको म्याद थप गराई घटनाको थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय हरिपुरका इन्स्पेक्टर रोमन राज अर्यालले जानकारी दिनु भयो ।