INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धादिङ जिल्ला सिद्धलेख गाउँपालिका-१ नलाङ घर भई हाल मकवानपुरको मनहरी गाउँपालिका-६ बस्दै आएका ३२ वर्षीय राते भनिने विष्णु बिकलाई कात्तिक १६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक १४ गते बलात्कार गरेको र घटना बाहिर ल्याए ज्यान मार्ने धम्कीसमेत दिएको पीडित पक्षको आरोप छ ।

पीडित पक्षले कात्तिक १५ गते इलाका प्रहरी कार्यालय मनहरीमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र मनहरीमा कात्तिक १६ गते गरिएको थियो ।

अन्य

भिडियो