१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्यूठान नगरपालिका—७ का २९ वर्षीय मेघराज योगीलाई प्रहरीले ०८१ असोज १ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले असोज १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केशव केसीले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज १ गते जिल्ला अस्पताल, बिजुवारमा भयो ।