१८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचपोखरी थाम्पाल गाउँपालिका–२ बरुवाका १९ वर्षीय मिङमार तमाङलाई भदौ २५ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले भदौ २४ गते बलात्कार गरेको भनी पीडित पक्षले इलाका प्रहरी कार्यालय मेलम्चीमा भदौ २५ गते उजुरी दिएको थियो ।
उक्त उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर वीरेन्द्रकुमार यादवले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा भदौ २५ गते गरिएको छ ।