INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई ०८१ साउन १४ गते बलात्कार गरेको आरोपमा प्रहरीले सिगास गाउँपालिका–२ गाँजरी स्वास्थ्य चौकीका प्रमुख जनसिंह धामीलाई ०८१ भदौ २० गते गिरफ्तार गरेको छ ।

पीडित महिलाले ०८१ भदौ २० गते दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर बलराम पाण्डेले बताउनु भयो ।

बिभिन्न प्रलोभनमा पारी धाकधम्की दिएर पटकपटक बलात्कार गरेपछी आरोपिविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडितको भनाइ छ ।

पीडितको स्वास्थ्य परीक्षण भदौ २० गते जिल्ला प्राथमिक स्वास्थ्य केन्द्र, पाटनमा गरिएको छ ।

अन्य

भिडियो