१६ वर्षीया बालिका सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ६ जनालाई भदौ ८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई ०८१ भदौ ७ गते बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनधारा नगरपालिका-७ का २५ वर्षीय सुनिल राजवंशी, २५ वर्षीय केशवकुमार मगर, ३४ वर्षीय सरोज राई ,१९ वर्षीय सुदीप श्रेष्ठ, २० वर्षीय सुजन डाँगी र २२ वर्षीय अनिश लिम्बूलाई भदौ ८ गते गिरफ्तार गरेको हो ।
घटनामा सात जनाको संलग्नता देखिएको र फरार अर्जुनधारा नगरपालिका-७ का २३ वर्षीय सजिव तामाङको खोजी थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णकुमार चन्दले बताउनु भयो ।
पीडित पक्षले भदौ ८ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीमा भदौ ७ गते आरोपितमध्येका दुई जनाले घरमा आएर बालिकालाई घुम्न जाने भन्दै लगेका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची प्रादेशिक अस्पताल, भद्रपुरमा भदौ ८ गते गरिएको छ ।