पाल्पा जिल्ला अस्पतालको मुख्य आयोजना तथा मानव अधिकार निगरानी समूह पाल्पा, लुम्बिनी मेडिकल कलेज एण्ड शिक्षण अस्पताल र महिला बहुउद्धेश्यीय सहकारी संस्था पाल्पाको स्थानीय आयोजनामा कात्तिक ११ गते तानसेनमा एक दिने निःशुल्क मुटु रोग परीक्षण शिविर सम्पन्न भएको छ ।
पाल्पा जिल्ला अस्पतालमा सञ्चालन गरिएको शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालासहितका डाक्टरहरूले बिरामीहरूको परीक्षण गरेका थिए ।
शिविरमा पाल्पासहित छिमेकी जिल्लाहरू गुल्मी, अर्घाखाँची, रुपन्देहीलगायतका ७ सय जना बिरामीले मुटु परीक्षण गराएको पाल्पा अस्पतालका डा. भाष्कर हुमागाईले बताए ।
यसअघि शिविरको उद्घाटन कार्यक्रममा बोल्दै डा. कोइरालाले पछिल्लो समय खानपान र मानवीय व्यवहारका कारण मुटुरोगीहरू बढ्दै गएको बताए । उनले यसप्रकारका शिविरहरू ग्रामीण क्षेत्रमासमेत गर्नुपर्ने र त्यसका लागि आवश्यक सहयोग गर्न आफू तयार रहेको बताए ।