INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा बुद्धभुमी नगरपालिका–४, बुद्धिका २३ वर्षीय सुधारखर थारुलाई प्रहरीले भदौ ३ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले साउन ३२ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले भदौ ३ गते इलाका प्रहरी कार्यालय, गोरुसिङ्गेमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिबहादुर वलीले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ २ गते कपिलवस्तु अस्पताल, तौलिहवामा भयो ।

अन्य

भिडियो