अपाङ्गता हुनुभएकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लुम्बिनी साँस्कृतिक नगरपालिका–१, भगवानपुरका ५३ वर्षीय ओम प्रकाशलाल श्रीवास्तव विरुद्ध इलाका प्रहरी कार्यालय, लुम्बिनीमा ०८१ साउन २९ गते उजुरी दर्ता भएको छ ।
पीडित युवतीलाई आरोपितले असार २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २९ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा फरार आरोपितको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय, लुम्बिनीका इन्स्पेक्टर कञ्चन तामाङले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन २८ गते भिम अस्पताल, भैरहवामा भयो ।