१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई साउन २७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असार ३ र साउन २० गते बलात्कार गरेको भन्दै पीडितका अभिभावकले साउन २२ गते प्रहरी वृत्त चापागाउँमा उजुरी दिएका जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण पाटन अस्पतालमा साउन २२ गते गरिएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रवि शाक्यले जानकारी दिनु भयो ।