३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कपिलवस्तु जिल्ला वाणगङ्गा नगरपालिका–१० का ३३ वर्षीय हरि सुवेदी विरुद्ध इलाका प्रहरी कार्यालय, सालझण्डीमा साउन २३ गते उजुरी दर्ता भएको छ ।
पीडित महिलालाई आरोपितले असार २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २३ गते इलाका प्रहरी कार्यालय, सालझण्डीमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा फरार आरोपितको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय, सालझण्डीका इन्स्पेक्टर अनिल पण्डितले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन २३ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।