६६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पूर्वखोला गाउँपालिका–१, सिलुवाका ४७ वर्षीय धनबहादुर कामीलाई प्रहरीले ०८१ साउन २३ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले साउन २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सन्दीप बेल्वासेले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन २३ गते पाल्पा अस्पतालमा भयो ।