INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ऐसेलुखर्क गाउँपालिका-४ जलेश्वरी सुन्तलाबोटेका ३२ वर्षीय नरेश भनिने सुशिल खत्रीलाई साउन २१ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई पटक पटक र अन्तिम पटक ०८१ जेठ ३२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध साउन २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर वेनु कार्कीले बताउनु भयोे।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन २१ गते गरिएको छ ।

अन्य

भिडियो