INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा बुटवल उपमहानगरपालिका–१३, बेलबासका २४ वर्षीय विवेक गुरुङ विरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलमा ०८१ साउन १८ गते उजुरी दर्ता भएको छ ।

पीडित युवतीलाई विवाह गर्ने प्रलोभन देखाएर आरोपितले ०८० पुस १९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १८ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीका आधारमा फरार आरोपितको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी विजयराज पण्डितले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन १८ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो । उक्त परीक्षण गर्दा पीडितको पेटमा आठ महिनाको गर्भ रहेको छ ।

अन्य

भिडियो