INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता हुनु भएकी २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले रावावेशी गाउँपालिका-२ का ३२ वर्षीय टेकबहादुर नेपालीलाई साउन ६ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले ०८१ साउन ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई साउन ६ गते अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर वेनु कार्कीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन ७ गते गरिएको छ ।

त्यसैगरी १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ऐसेलुखर्क गाउँपालिका-१ का २२ वर्षीय मुगाधन सार्कीलाई साउन ६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८१ साउन ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर वेनु कार्कीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन ७ गते गरिएको छ ।

अन्य

भिडियो