INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका–७ स्थायी घरभई बुटवल उपमहानगरपालिका–११ बस्ने २० वर्षीय सुजन थापालाई प्रहरीले ०८१ साउन ४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ३ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख विजयराज पाण्डेले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन २ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।

अन्य

भिडियो