INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा तिलोत्तमा नगरपालिका–१७, कानपाराका ३० वर्षीय नरेश मल्लाहलाई प्रहरीले ०८१ साउन ४ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०८० असार ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन १७ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख विजयराज पाण्डेले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन १७ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।

अन्य

भिडियो