१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लुम्बिनी साँस्कृतिक नगरपालिका–३, सानो पडरियाका २६ वर्षीय अब्दुल सपुत खानलाई प्रहरीले ०८१ साउन २ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले असार ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्स्पेक्टर कञ्चन तामाङले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन १ गते भिम अस्पताल, भैरहवामा भयो ।