INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मायादेवी गाउँपालिका–१, अहिरौलीका २४ वर्षीय दुर्गेश चमारलाई प्रहरीले ०८१ साउन २ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, लुम्बिनीका इन्स्पेक्टर कञ्चन तामाङले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन १ गते भिम अस्पताल, भैरहवामा भयो ।

अन्य

भिडियो