INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले जन्तेढुंगा गाउँपालिका-६ का ६३ वर्षीय एक पुरूषलाई  गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०८१ असार २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएको थियो ।

पीडित पक्षको मौखिक उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर बेनु कार्कीले बताउनु भयो ।

आरोपितविरूद्ध पीडित पक्षले हाडनाता करणी शीर्षकमा लिखित उजुरी दिएको इन्स्पेक्टर कार्कीले बताउनु भयो । पीडित र आरोपितबिच बुहारी र काका ससुराको नाता सम्बन्ध रहेको प्रहरीको भनाइ छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार २९ गते गरिएको छ ।

अन्य

भिडियो