INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिघनको कसुरमा कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई मानव बेचबिखन तथा ओसारपासार र  सङ्गठित अपराध गरेको कसुरमा पाँच जनालाई जिल्ला अदालतले ०८१ असार २८ गते कैद र जरवानाको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश गोपाल प्साद बास्तोलाको ईजलासले मानव बेचविखन तथा ओसारपसार र सङ्गठित अपराधका दुई छुट्टाछुट्टै मुद्दामा ८ जना मध्ये ती जनालाई सफाई दिएको छ भने पाँच जनालाई कसुर कायम गर्दै कैद, जिरवाना र पीडितलाई क्षतिपूर्ति दिने फैसला गरेको छ ।

फैसला अनुसार त्रिपुरासुन्दरी गाउँ पालिका-३ की २९ वर्षीया गीता न्यौपाने, काठमाडौ जिल्ला कागेश्वरी मनहरा नगरपालिका-६ की ३२ वर्षीया कविता बानियाँ (आचार्य) र सोलुखुम्बु जिल्ला नेचा सल्यान गाउँपालिका-२ की ३३ वर्षीया कमला परियारलाई एउटा मुद्दामा १८ वर्ष ९ महिना र थप अर्को मुद्दामा १० वर्ष कैद र  १ लाख ७५ हजार जरिवाना, पीडितलाई ५० हजार क्षतिपूर्ति दिन फैसलामा उल्लेख भएको श्रेस्तेदार माधव भण्डारीले बताउनुभयो ।

अदालतले त्रिपुरासुन्दरी गाउँपालिका- १ का ३९ वर्षीय कपिल दमै र त्रिपुरासुन्दरी गाउँ पालिका -३ की ३९ वर्षीया कल्पना आलेमगरलाई जनही १५/१५ वर्ष कैद र एकएक लाख जरिवाना गर्ने फैसला भएको छ ।

जिल्ला अदालतमा ०७९ चैत १६ गते दर्ता भएको मानव बेचविखन तथा ओसारपसार र सङ्गठित अपराधको मुद्दा २५ ओटा पेसीपछि ०८१ असार १७ गते कसुर कायम भएको थियो।

जिल्ला अदालतले कसुरदार सबैलाई ०७९ चैत २१ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो  ।

धादिङ स्थित मामाघरमा बस्दै आएकी  एक १६ वर्षीया बालिकालाई  भारतको  नयाँदिल्लीको मंगलबजार गल्ली नम्बर २ को एक घरबाट प्रहरीले  ०७९ माघ १७   गते उद्धार गरेर  १९ गते नेपाल ल्याएको थियो ।

पीडित बालिकालाई ०७९ मङ्सिर १७ गते ज्यानमा खत नभएको बालिकाले पुजा पाठ गर्दा धेरै पैसा आउँछ भनेर फकाई फुल्याई भारत लगेका थिए ।

लामो समयसम्म पनि उनी सम्पर्कमा नआएपछि परिवारले ०७९ पुस ६ गते बालिकाको खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय धादिङमा निवेदन दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय धादिङले  माघ १० गते प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोलाई पत्राचार गरि खोजी सुरुगरेको थियो ।

आरोपितहरूले पीडित बालिकालाई तान्त्रिक बाबा खुसी भएमा धेरै पैसा पाउने प्रलोभन देखाएर मङ्सिर १७ गते  धादिङस्थित ममाघरबाट काठमाडौँमा ल्याएर  पुस १८ गतेसम्म काठमाडौँमा बन्धक बनाइएर राखेका थिए ।

त्यसपछि बालिकालाई पुस १९ गते पुन: धादिङमा नै लगेर  बालिकाको उचाई, तौल नाप गर्नुका साथै शरीरमा कुनै प्रकारको दाग वा टाटु र कुनै अङ्गमा चोट नभएको र रजस्वला (मिन्स)  नभएको जाँचबुझ गरेर पुस १९ गते बालिकालाई नेपाल–भारत सीमा सुनौली नाकाबाट दुई दिन लगाएर भारतको दिल्लीस्थित पाहाडगञ्जमा पुर्याएको थियो ।

आरोपितहरू विरुद्ध ०७९ माघ १५ गते जिल्ला प्रहरी कार्यालयमा मानव बेचविखन तथा आोसारपसार र संगठित अपराधमा मुद्दा  दर्ता गरिएको थियो। उद्धार नभएको भए बालिकालाई दुइ दिनपछि पुर्णूमाको रातमा बलिदिने तयारी भएको तत्कालिन अवस्थामा अनुसन्धान गर्नुभएका डिएसपि सन्तुलालप्रसाद जैसवारले बताउनुभयो ।

पीडित बालिकालाई नयाँ दिल्ली पुर्‍याएपछि एउटा तान्त्रिक बाबाकोमा तीन पटक, अर्को तान्त्रिक बाबाकोमा दुई पटक, एक बाबाकोमा एक पटक लगिएको थियो ।

गरिब तथा अभिभावक नभएकाहरूलाई फकाएर लगिएपछि नुहाई धुवाई गरेर तान्त्रिक बाबाकोमा पुजा गरेपछि मागेजति पैसा पाईने भनेर  बालिहरूलाई लाने गरेको पाईएको अनुसन्धानले पत्ता लगाएको थियो । बाबाको चमत्कारले  मनग्गे पैसा पाउने प्रलोभनमा पारेर पीडितलाई पुजा कोठामा  पाईएको भिडियो समेत बालिकाहरूलाई देखाएर लाने गरेको पाईएको छ । प्रहरीले आरोपितहरुबाट भिडियो, मोवाईल समेत बरामद गरेको थियो ।

अन्य

भिडियो