INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार, पीडितको उद्धार

३५ वर्षीया एक महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै दुबई लैजाँदै गरेको आरोपमा प्रहरीले बेलहिया नाकाबाट असोज २६ गते उद्धार गरी आरोपितलाई गिरफ्तार गरको छ ।

पीडितलाई नवलपरासी जिल्ला सुनवल नगरपालिका-६ का ४७ वर्षीय हर्कबहादुर थापाले सिमापार गराउँदै गरेको अवस्थामा पीडित महिलाको उद्धार गरी आरोपित हर्कबहादुरलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न एक महिला आरोपित फरार रहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।

दुबई जान हिँडेकी महिलासँग वैदेशिक रोजगारीमा जाँदा चाहिने पासपोर्ट, नागरिकतालगायतका कागजातनभएको तथा आरोपित र पीडितबिच राम्ररी चिनजान पनि नभएको हुँदा पीडितको उद्धार गरेको पाण्डेले बताए ।

अन्य

भिडियो