INSEC Online

📅 २०८३ जेष्ठ २१

बेचविखन प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीय बालकलाई बेचबिखन प्रयास गरेका आरोपित बलरा नगरपालिका-३ जब्दीका ३६ वर्षीय बिसिन्द्र कुमार कुशवाहाविरुद्ध पीडित पक्षले ०८१ असार २१ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजरी दिनु भएको छ ।

पीडित बालकलाई रोजगारीको प्रलोभन र नगद पाँच हजार रुपियाँ समेत दिइ ०८१ असार ११ गते बालकलाई भारतको उडिसा लग्दै गर्दा गस्तीमा खटिएका इलाका प्रहरी कार्यालय बलराका प्रहरी टोलीले आरोपितलाई सोध पुछ गर्न खोज्दा आरोपित बालकलाई छाडी भारत तर्फ नै फरार भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।

बालकलाई उद्धार गरी परिवारकाे जिम्मा लगाई आरोपितको खोजतलास जारी गरिरहेको डिएसपी श्रेष्ठले जानकारी दिनु भयो ।

अन्य

भिडियो