INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फाकफोकथुम गाउँपालिका-२ का २१ वर्षीय डकेन्द्र थापालाई असोज २५ गते गिरफ्तार गरी असोज २६ गते जिल्ला अदालमा बुझाएको छ ।

पीडित बालिकालाई आरोपितले ०७३ फागुन २७ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले फागुन २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

घटना लगतै फरार भएका थापालाई झापा प्रहरीको सहयोगमा झापाको राजगढबाट असोज २५ गते बेलुका गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मोहन थापाले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २८ गते जिल्ला अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो