INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना शिक्षकलाई गिरफ्तार गरेको छ ।

बालिकालाई पटकपटक र अन्तिम पटक ०८१ जेठ ५ गते बलात्कार गरेको आरोपमा प्रहरीले हलेसी तुवाचुङ नगरपालिका-११ स्थित ज्योति माध्यमिक विद्यालय, राजापानीमा कार्यरत ५८ वर्षीय शिक्षक शम्भुप्रसाद घिमिरेलाई गिरफ्तार छ ।

पीडित पक्षले आरोपितविरूद्ध ०८१ असार १५ गते मौखिक उजुरी दिएको आधारमा आरोपितलाई अनुसन्धानका लागि ०८१ असार १६ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी पुरूषोत्तम खड्काले बताउनु भयो ।

आरोपितविरूद्ध पीडित पक्षले असार १६ गते जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार १६ गते गरिएको छ ।

अन्य

भिडियो