१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोपिलासगढी गाउँपालिका-४ का २२ वर्षीय शिवराज थापालाई असार १ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८१ जेठ ३२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्द सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर वेनु कार्कीले बताउनु भयाे ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ ३२ गते गरिएको छ ।