१८ वर्षीया दुई जना महिला र १७ वर्षीया एक जना बालिकालाई राम्रो जागिर लगाईदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै इराक लैजाँदै गरेको आशङ्कामा केआई नेपाल नामक संस्थाको सहयोगमा प्रहरीले बेलहिया नाकाबाट असोज १९ गते साँझ उद्धार गरेको छ ।
सिन्धुपाल्चोकको जुगल गाँउपालिका-३ का अन्दाजी ४० वर्षीय गणेशमान तामाङले पीडित त्रयलाई प्रलोभन देखाएर बेचबिखनको लागि लैजान लागेको प्रहरीको आरोप छ । आरोपित फरार रहेको प्रहरीले जनाएको छ ।
इराक जान हिँडेका पीडितहरूसँग वैदेशिक रोजगारीमा जाँदा चाहिने पासपोर्ट, नागरिकतालगायतका कागजात केही पनि नभएको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।