म्याङलुङ नगरपालिका-९ गैरीगाउँकी ३१ वर्षीया सुरूवता चोङवाङ्गको हत्या गरेको आरोपमा प्रहरीले ४१ वर्षीय पति शंकर लिम्बूलाई गिरफ्तार गरेको छ ।
घरायसी विवादका क्रममा आरोपितले ०८१ जेठ ३२ गते कुटपिट गरी पत्नीको हत्या गरेको आरोपमा प्रहरीले आरोपितलाई गिरफ्तार गरेको छ ।
कुटपिटबाट घाइते पीडितको उपचारका क्रममा जिल्ला अस्पतालमा जेठ ३२ गते मृत्यु भएपछि आरोपितविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा सोही दिन उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रहृलाद खड्काले बताउनु भयो ।
शवको पोष्टमार्टम जिल्ला अस्पतालमा जेठ ३२ गते गरिएको छ ।
पीडित पक्षले सोहीदिन शव बुझी म्याङलुङ नगरपालिका-९ खेरूङ्गा खोलामा सद्गत गरेको छ ।