INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपितविरुद्धको उजुरी दर्ता

२२ वर्षीया महिलालाई बलात्कार गरेकाे आरोपमा मिर्चैया नगरपालिका-७ का २८ वर्षीय अमर शर्माविरुद्ध पीडितले इलाका प्रहरी कार्यालय मिर्चैयामा दिएको उजुरी प्रहरीले ०८१ जेठ २८ गते दर्ता गरेको छ ।

आरोपितले ०८० मङ्सिर ११ गते बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ जेठ २७ गते उजुरी दिनु भएकाे थियाे ।

महिलाको स्वास्थ्य परीक्षण सिरहास्थित प्रादेशिक अस्पतालमा जेठ २७ गते भयो ।

आरोपित फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले बताउनु भयो ।

अन्य

भिडियो