१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारतको उत्तर प्रदेश घर भइ नेपाल धुम्न आएका २५ वर्षीय विराट शर्मा र बुटवल उपमहानगरपालिका–४, लक्ष्मीनगरकी २३ वर्षीया स्नेहा गुप्तालाई प्रहरीले ०८१ जेठ २६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २४ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई जेठ २६ गते गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी विजयराज पण्डितले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २४ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।