२३ वर्षीया महिलालाई बेचबिखन गरेको घटनाका फरार आरोपित पाँचपोखरी थाम्पाल गाउपालिका—२ बरुवाका ७२ वर्षीय नारायणबिक्रम सिल्वाललाई प्रहरीले ०८१ जेठ २३ गते गिरफ्तार गरेको छ ।
पीडितलाई ०५१ कात्तिक २७ गते आरोपित सिल्वालले थाम्पालकोटबाट फकाएर बिक्रि गर्ने उद्देश्यले काठमाडौँ पुर्याएको पीडित पक्षको आरोप छ ।
पीडित पक्षले ०५१ मङसिर ४ गते इलाका प्रहरी कार्यालय, मेलम्चीमा उजुरी दिएको मिसिल भएको र आरोपित फरारको सूचीमा रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी निरञ्जन भट्टराईले बताउनुभयो ।
घटनाका आरोपित यस अघि फरार भएको र हाल घरमा लुकिछिपि बसेको अवस्थामा प्रहरीले फेला पारेको डिएसपी भट्टराईले बताउनुभयो । डिएसपी भट्टराईका अनुसार इलाका प्रहरी कार्यालय मेलम्चीले घटनाको अनुसन्धान गरिरहेको छ ।
‘आफू भागेर कतै नगएको, घरमा खेतिपाति काम गरि बसेको र घटनामा आफू संलग्न समेत नभएको’ आरोपित नारायणबिक्रम सिल्वालले इन्सेक प्रतिनिधिसँग बताउनुभयो ।
मधेस प्रदेशको मानव अधिकार अवस्था बारे प्रदेश प्रमुखसँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम नेतृत्वको