INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा वाणगङ्गा नगरपालिका–६, गणेशपुरका २३ वर्षीय वमबहादुर गन्धवलाई प्रहरीले ०८१ जेठ २१ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ १५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जेठ २१ गते इलाका प्रहरी कार्यालय, पिपरामा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, पिपराका इन्स्पेक्टर गोपाल रायमाझीले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २१ गते कपिलवस्तु अस्पताल, तौलिहवामा भयो ।

अन्य

भिडियो