INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुद्धोधन गाउँपालिका-५, खजुरियाका १९ वर्षीय निशान्त थारुलाई प्रहरीले ०८१ जेठ ६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ६ गते इलाका प्रहरी कार्यालय, सालझण्डीमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, सालझण्डीका इन्सपेक्टर अनिल पण्डितले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ ६ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।

अन्य

भिडियो