INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका फरार आरोपित गिरफ्तार

पाँच महिनाको शिशुको हत्या घटनाका फरार आरोपित वीरगंज महानगरपालिका-१७ अलौ निवासी २२ वर्षीया आरती कुमारी साह तेलीलाई ०८१ जेठ १ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ ।

आरोपित र मृतक (शिशु) आमा छोरा हुन् । घरमा कोही नभएको अवस्थामा आरोपितले ०८० साउन २७ गते शिशुको घाँटी थिची हत्या गरी फरार भइ भारतको पूर्वी चम्पारण थाना रक्सौल, पोष्ट सिहपुर हरैया, ग्राम एकडर्वा टोलमा बस्दै आइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमार विक्रम थापाले जानकारी दिनु भयो ।

आरोपितविरुद्ध जिल्ला अदालतबाट कात्तिक १९ गते पक्राउ पुर्जी जारी भएको थियो । तर, घटना पश्चात फरार रहेका आरोपतिलाई विशेष सूचना तथा खोजतलासको क्रममा ०८१ जेठ १ गते वीरगंज महानगरपालिकाको वडा नं.१३ बाट गिरफ्तार गरी घटना बारे थप अनुसन्धान गरिरहेको डिएसपी थापाले बताउनु भयो ।

शवको पोष्टमार्टम साउन २७ वीरगंजस्थित नारायणी अस्पतालमा भएको थियो ।

अन्य

भिडियो