INSEC Online

📅 २०८३ जेष्ठ २१

सामूहिक बलात्कार घटनाका आराेपित गिरफ्तार

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मादी गाउँपालिका– ९ का ३६ वर्षीय चन्द्रबहादुर थापा, पोखरा महानगरपालिका– १२ का ३८ वर्षीय कृष्ण रानाभाट र सोही ठाउँका २९ वर्षीय विनोद परियारलाई प्रहरीले वैशाख २५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई ०८१ वैशाख २४ गते अमरसिंह चोकको चौरमा रोकिएको बसभित्र लगेर बलात्कार गरेको भन्दै पीडित महिलाले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।

प्रहरीले आरोपित तीनै जना विरुद्ध जिल्ला अदालतबाट सामूहिक बलात्कार मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको कास्की जिल्ला प्रहरी कार्यालयका डीएसपी वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख २५ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।

अन्य

भिडियो