INSEC Online

📅 २०८३ जेष्ठ २१

याैनदुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

दुई वर्षीय बालकलाई यौनदुर्व्यवहार गरेको आरोपमा नारायण नगरपालिका–९ बासकोटका २२ वर्षीय रोशन परियारलाई प्रहरीले वैशाख २३ गते गिरफ्तार गरेको छ ।

पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर दिपक मगराठीले जानकारी दिनुभयो ।

आरोपितले वैशाख १९ गते काफल खान जाऊँ भनी जङ्गलमा लगेर यौनदुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा वैशाख २१ गते उजुरी दिएका थिए ।

बालकको स्वास्थ्य परीक्षण र उपचार वैशाख २१ गते जिल्ला अस्पतालमा भयो ।

अन्य

भिडियो