१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा २५ वर्षीय काकालाई प्रहरीले ०८१ वैशाख २३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले वैशाख २१ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले वैशाख २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी एवम् सूचना अधिकारी रेशम बोहराले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख २२ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भएको अस्पतालका निमित्त प्रमुख किरण पाण्डेले बताउनु भयो ।