शारदा नगरपालिका– ८ सिमखर्ककी ४७ वर्षीया काली रोकालाई बन्चरो प्रहार गरी घाइते बनाएको आरोपमा ५० वर्षीय पति नन्दलाल रोकालाई प्रहरीले ०८१ वैशाख २३ गते गिरफ्तार गरेको छ ।
आरोपितले ०८१ वैशाख २२ गते बन्चरो प्रहार गरेका थिए । पहिले देखि नै आपसी विवाद भएको र मादक पदार्थ सेवन गरी पीडितलाई टाउकाेमा बन्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भवानी प्रसाद धमलाले जानकारी दिनुभयो ।
पीडितको टाउकोमा आठ ओटा टाँका लागेको र हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
पीडित पक्षबाट घटनाको माैखिक जानकारी आएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इन्स्पेक्टर धमलाले जानकारी दिनु भयो ।