आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सिद्धार्थनगर नगरपालिका–३, दरखसवाका ५६ वर्षीय दिपक गुप्तालाई प्रहरीले ०८१ वैशाख १८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले वैशाख ३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले वैशाख १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दियो । पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहर प्रसाद भट्टले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख १७ गते भिम अस्पताल, भैरहवामा भयो ।