INSEC Online

📅 २०८३ जेष्ठ २१

वैवाहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई वैवाहिक बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–१ बाराकुण्डाका ३० वर्षीय पति धनजित विष्टलाई ०८१ वैशाख १८ गते गिरफ्तार गरेको छ  ।

पीडित युवतीलाई आरोपितले ०८० कार्तिक महिनदेखि पटकपटक गालिगलौज तथा कुटपिट गरी शारीरिक यातना दिँदै इच्छा विपरीत बलात्कार गरेपछि आरोपितविरुद्ध वैशाख १९ गते जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा लिखित उजुरी दिएको पीडितले इन्सेक जिल्ला प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

परपुरुषसँग अनैतिक सम्बन्ध रहेको आरोप लगाएर पतिले कुटपिट गर्ने, राति सुतिरहेको अवस्थामा हातखुट्टा बाधेर जबरजस्तीकरणी गरी भिडिओ बनाई सार्वजनिक गर्ने लगायतका यातना दिएको कारण ज्यानको सुरक्षा गरीपाउँ भनेर वैशाख १९ गते जिल्ला प्रहरी कर्यालयमा उजुरी दिएको पीडित महिलाको भनाइ छ ।

पीडितले दिएकाे उजुरीका आधारमा आरोपितलाई वैशाख १८ गते नै गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी उमेशराज जोशीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख १९ गते महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा गरिएको छ ।

पीडित महिलालाई  महेन्द्रनगरस्थित अल्पकालिन सेवा केन्द्रमा राखेर न्यायका लागि पहल भइरहेको सेवा केन्द्रका संयोजक मञ्जु केसीले बताउनु भयो ।

अन्य

भिडियो